काठमाडौं । राजधानीमा विगत १० वर्ष देखि निरन्तररुपमा शिक्षा मनोरन्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगीता फेशन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर कलेज प्लसटु फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ ।
उक्त प्रतियोगीतामा सहभागीताको लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरुको ८ जनाको समुहले सिजन मिडियाको कार्यालयमा आएर आवेदन फारम भर्न सकिने व्यवस्था रहेको संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिए ।
उक्त प्रतियोगीतामा प्लसटुमा अध्ययनरत विद्यार्थीहरुले कलेजको परिचयपत्र तथा एक प्रति पासपोर्ट साइजको फोटो र रु ७ हजार रुपैया तिरेर पौष २० गते सम्म आफ्नो कलेजको फुटसल टिम दर्ता गर्न सक्नेछन् । उक्त प्रतियोगीताको उद्घाटन पौष २३ गते हाडिगाउँ स्थित धर्नाेन्तरी फुटसल मैदानमा एकहप्ता सम्म सन्चालन हुने छ ।
उक्त प्रतियोगीतामा ६० देखि ७५ कलेजको खेलाडीहरुको सहभागी हुने छ भने प्रथम हुनेले एक लाख नगद, ट्रफि,मेडल तथा प्रमाणपत्र पाउनेछन भने दोस्रो हुनेले रु ५० हजार नगद ट्रफि,मेडल तथा प्रमाणपत्र पाउनेछन भने तृतिय हुने टिमले रु २५ हजार नगद साथै ट्रफि,मेडल तथा प्रमाणपत्र पाउनेछन साथसाथै उक्त प्रतियोगीतामा वढी गोल गने उत्तकृष्ट खेलाडीहरु पनि रु ५ हजार नगद तथा सम्मानपत्र प्रदान गरिने आयोजाक संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्