काठमाडौं : युनिभर्सल पिस फेडेरसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा एसिया प्रशान्त सम्मेलन सुरु हुँदैछ ।
सम्मेलनको अनौपचारिक जमघट हिजैदेखि भए पनि औपचारिक सुरुवात भने आज हुन लागेको हो । आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हिजो राष्ट्र प्रमुख/सरकार प्रमुखलाई स्वागत गर्दै सम्मेलनको अनौपचारिक थालनी गरेका हुन् ।
भोलिसम्म चल्ने सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुखलगायत उपस्थित भएका छन् ।
गैरसरकारी संस्थाले गरेको सम्मेलनलाई सरकारले सहयोग गरेको भन्दै आलोचना भैरहेको छ । तर आयोजकले भने सम्मेलनले नेपालको पर्यटकीय प्रवद्र्धन गर्नका साथै यहाँको शान्तिप्रक्रिया र संविधान निर्माणपछिको रुपान्तरणको चरणबारे विश्वव्यापी सन्देश दिन सहयोगी हुने दावी गरेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्