अष्ट्रेलियाको क्विन्सल्याण्डमा एक दृष्टिविहिन महिलाको विवाहमा निकै अचम्मको दृश्य देखिएको छ । विवाहमा उपस्थित सबै पाहुना आँखामा पट्टी बाँधेर विवाहमा सरिक भए । बेहुली आफैंले पाहुनालाई यसरी उपस्थित हुन अनुरोध गरेकी थिइन् ।
३२ वर्षकी स्टेफ एग्न्यूको विवाहमा उपस्थित सबैले आफूले झैं महसुस गरुन् भन्ने उनको चाहना थियो । स्टेफको यस्तो अपिललाई सबैले समर्थन गरेर आँखामा कालो पट्टी बाँधेर उपस्थिती जनाए ।
नोभेम्बर २५ तारिखमा स्टेफले रब क्याम्पबेलसँग विवाह गरेकी हुनु । १९ वर्षको हुँदा कोन–रोड डिस्ट्रोफी नामक रोगले च्यापेपछि उनको आँखाको ज्योती क्रम गुम्दै गएको हो । उनी अहिले पूर्ण रुपमा दृष्टिविहिन छिन् ।
फोटोग्राफर जेम्स डे र भिडियोग्राफर लेमन ट्रि फिल्म हाउससँग कुराकानी हुँदा आँखामा पट्टी बाँध्ने आइडिया आएको स्फेटले बताइन् ।
‘सबैजना आँखामा पट्टी बाँधेर आउनु भएको थियो । मैले विवाहका लागि बचन दिइरहँदा कस्तो अनुभव गरिरहेको थिएँ, त्यस्तै अनुभव उहाँहरुले पनि गर्नुभयो होला,’ स्फेटले हफिङ्टन पोस्टलाई भनिन् ।
फोटोग्राफरका अनुसार त्यहाँ उपस्थित पाहुना निकै सतर्क थिए । ‘आजकाल त्यस्तो कहाँ देख्न पाइन्छ छ, अहिले मानिसहरुलाई प्रविधीले डिस्ट्र्याक्ट गर्छ,’ डेले भने । ‘त्यहाँ सियो खसेको आवाज पनि सुन्न सकिन्थ्यो ।’

सन् २०१६ को अक्टोबरमा आफूहरु बसिरहेको अपार्टमेन्टको रुफटप पार्टीमा यी दुईको भेट भएको हो । त्यतिबेला मात्रै थाहा भयो कि यी दुई छिमेकी थिए । रबको पुलिसको जागिर भएकाले दुईजनाको कहिले पनि भेट हुने साइत जुरेन ।
रबलाई कहिले पनि देख्न पाइनन्ः
यी दुईको भेट हुँदा रब पूर्ण रुपमा दृष्टिविहिन भइसकेकी थिइन् । त्यसकारण उनले कहिले पनि रबलाई देखेकी छैनन् ।
‘मलाई उनको बनावट थाहा छ । उनी ६ फिट चार इन्च अग्ला छन् र म पाँच फिट चार इन्च त्यसकारण उनी मभन्दा निकै अग्ला छन् । उनको काँध निकै फराकिलो छ भन्ने पनि थाहा छ तर अन्य विवरणका लागि मैले कसैको व्याख्यामा भर पर्नै पर्छ,’ उनले डली मेललाई भनिन् ।
आफ्नो विवाह निकै विशेष तरिकाले सम्पन्न भएकोमा उनी निकै आभारी भएको बताउँछिन् ।
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्