काठमाडौँ , वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन्।
पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन्। शिखरसम्म डोरी टाँग्ने रोप फिक्सिङ टोलीका सात जना छन् ।
हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन्।
सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन्।
यसअघि मौसम अनुकूलभएसँगै गत आइतवार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्