प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषदको बैठक बस्दै

प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौंः प्रधानन्यायाधीशको सिफारिशका लागि संवैधानिक परिषदको बैठक सोमबार (आज) बस्दैछ।

न्याय परिषदबाट सिफारिस भइ आएका सर्वोच्च अदालनका न्यायाधीशहरू चालेन्द्र शमसेर जबरा र दीपकराज जोशी मध्ये एक जनालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गर्नेछन्।

जोशी पहिले नै संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएकोले जवरालाई नै सिफारिस गर्ने संवैधानिक परिषदले तयारी गरेको छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकास पाउने भएसँगै सर्वोच्चमा प्रधानन्यायाधीशको पद खाली हुँदैछ। उनी अबको एक महिनाभित्रै अवकाश पाउदैछन्।

बिहान ११ बजे बोलाइएको बैठकबाट बरिष्ठतम न्यायाधीशको रुपमा जबराले जिम्मेवारी पाउने सम्भावना छ।

केही दिन अघि न्याय परिषदले जोशी र जबराको नाम सिफारिस गरेको थियो। न्याय परिषदले पनि जोशीको नाम कैफियतमा पहिले अस्वीकृत भएको भनेर राखेकाले जबरा नै प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना बढी छ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij