सिद्धार्थ राजमार्ग १० देखि ४ बजेसम्म बन्द हुने

सिद्धार्थ राजमार्ग १० देखि ४ बजेसम्म बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ ।

बुटवल–तानसेन सडक अन्तर्गत चिडियाखोलादेखि भुतखोला सडकखण्डको सडकको छेउछाउमा रहेका ठूला ढुंगा फुटाई हटाउनु पर्ने भएकाले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेको सडक डिभिजनले जनाएको छ ।

यस क्षेत्रका पहिरो हटाउनु पर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारी मात्र चल्न दिने जनाइएको छ ।

यी बाहेक अन्य सवारी साधन पुर्ण रुपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका इन्जिनियर पवित्रमणी आचार्यले जनाएका छन् ।

यसअघि पनि भुतखोलामा गएको पहिरोमा मर्मतका लागि केहीसमय यसैगरी सवारी सञ्चालन भएका थिए । तर यसरी सवारी सञ्चालन हुँदा यात्रु भने विचल्लीमा पर्ने गरेका छन् ।

डिभिजन सडक कार्यालयले बाटो बन्द गरेरै मर्मत गर्ने बताएपछि यात्रुहरूको बिचल्ली हुने भएको छ ।
सधैं धुलो र पहिरोको सास्ति खेप्दै आएका यात्रुहरूले बिना कारण बन्दको मार खेप्न बाध्य हुने गुनासो गरेका हुन् ।

गुल्मीबाट बुटवल जाँदै गरेका यात्रु कमल पन्थले यसरी विनाकारण पैसा खर्च गर्ने सरकारी निकायले बाटो बन्द गरेर विकास गर्नुको अर्थ नरहेको बताए । उनले सरकारी रकम बालुवामा पानी हालेजस्तै भएको बताए ।

हरेक वर्ष असार लागेपछि बन्द हुने सडकका विषयमा जिल्लाका नेताले भने समस्या समाधानका लागि चुनावी नारामात्र बनाउने गरेका छन् ।

वर्षायाममा सडक अवलोकनमा आएका विभागीय मन्त्री रघुविर महासेठले तीन महिनामा परिवर्तन देख्न सक्ने प्रतिक्रिया दिएका थिए ।

६ महिना बित्दा पनि केही काम अघि बढेको छैन । कसरी जाने र कुन तरिका अपनाउने भन्नेसमेत अहिलेसम्म टुंगो लाग्न सकेको छैन । सिद्धबाबा क्षेत्रमा कालोपत्रे कतै छैन ।

रकनेट, सुरुङ्गमार्ग, मिनि टनेल लगायत विभिन्न योजना अघि बढेपनि सरकारले ठोस निष्कर्ष निकालेर अघि बढेको छैन । यात्रुले भने सधै बाटोमा सास्ती खेप्नु परेको छ ।

वर्षायाममा जोखिम, हिलो र हिउ“दमा धूलोधूवा“ले सास्ती खेप्नु परेको मोटरसाइकल चालक विक्रम रानाले बताए ।

बाटो बन्द गरेर मर्मत गर्ने वाहाना सरकारी निकायले बनाएको आरोप लगाएका छन् । सडकमा यात्रा गर्ने यात्रुहरूले पाल्पा र बुटवलका जनप्रतिनिधि तथा सांसदहरूले सिद्दबाबा सडकलाई मागी खाने भाँडो बनाएको आरोप लगाउने गरेका छन् ।

यहाँबाट चुनाव जित्नेहरूले कहिले रक नेट, कहिले पहाडै कटिङ त कहिले सुरूङमार्गको नारा लगाउने गरेको यात्रुहरुको गुनासो छ ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij