बुटवल । बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा होराइजन जिविएस र सेन्ट जोसेफ भलवारी विजयी भएका छन् ।
होराइजन र तिनाउ इङलिस् बोर्डिङ स्कूलबीच भएको खेलमा होराइजन जिविएस १-० को गोल अन्न्तरले विजय भएका हो । होराइजन जिविएसका कुमार थापाले गरेका थिए । दोस्रो खेलमा सेन्ट जेसेफ विजयी भएको हो ।
त्यस्तै आज बुधबार चार खेल हुनेछ । पहिलो खेल प्रभात मावि सैनामैना र नविन औद्योगिक कदरबहादुर रिता माविबीच, दोस्रो खेल कृष्टल नलेज मंगलापुर र शिवपुर मावि हुनेछ ।
अको खेल स्कलर्स होम बोर्डिङ स्कूल टिम बी र नमूना इङलिस बोर्डिङ स्कूल र अन्तिम खेल लड बुद्ध इङलिस बोर्डिङ स्कूल र क्यानन माविबीच हुने स्मृति स्पोर्टर्स क्लवका अध्यक्ष महेश खनालले जानकारी दिए ।
प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपंैयाँ मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीयले नगद २५ हजार एक सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्