समृद्धि हासिल गर्न सरकार योजनाबद्ध विकासमा लागेको छ : मुख्यमन्त्री पोखरेल

समृद्धि हासिल गर्न सरकार योजनाबद्ध विकासमा लागेको छ : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्धि हासिल गर्न सरकार योजनाबद्ध विकासमा लागेको बताएका छन् ।

उनले समृद्धिको लक्षमा पुग्न आवधिक योजना र कानुन निर्माणमा लागेको र यो वर्षभि आवधिक योजना निर्माण र आधारभूत रुपमा कानुन निर्माण पूरा हुने बताए ।

परिकल्पना नेपालले भैरहवामा आयोजना गरेको प्रथम प्रदेश स्तरीय प्रशंसनीय खोज सम्वन्धी सम्मेलनको उद्घाटन गर्दै उनले प्रदेशको योजनाबद्ध विकासको लागि नागरिकको बलियो साथ र साझेदारी आवश्यक रहेको बताए ।

उनले जनताको जीवनस्तर उकास्न कृषिको आधुनिकरण र बजारीकरण गर्ने र पर्यटन प्रवद्र्धन गरी समृद्धि हासिल गर्ने प्रदेशको विकास मोडलका बारेमा चर्चा गरे ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी सहित धेरै सम्पदा रहेका र यिनै सम्पदामा आधारित पर्यटनको विकासको यो प्रदेशमा प्रचुर संभावना रहेको बताए ।

उनले मुलुक समृद्ध बन्ने तर आम जनताले त्यसको लाभ लिन नसक्ने खतरा तर्फ सचेत रहेको बताए । समृद्धिको लाभ बहुसंख्यक नागरिकले लिन सक्दा समृद्धिको अर्थ हुने उनको भनाई छ ।
उनले प्रदेश पाँच मिनि नेपाल रहेको र यो प्रदेश बन्दा नेपाल नै बनाउन सकिने बताए ।

प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij