कपिलवस्तु । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सबै मधेशी एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
सबै मधेशी एक ठाउँमा भएपछि मधेशीका हकअधिकार सुनिश्चित हुने उनले बताए ।
कपिलवस्तुको कृष्णनगरमा आयोजित सङ्घीय समाजवादी फोरम नेपालको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “एमाले, माओवादी केन्द्र एकीकरण गरी एक ठाउँमा उभिएका छन् तर हामी मधेशी आफैँ फरकफरक पार्टीमा रहेर हकअधिकारबाट बञ्चित भएका छौँ ।”
मधेशमा नागरिकता जस्ता महत्वपूर्ण हकअधिकार प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अकिल मिया, फोरम नेपालका केन्द्रीय सदस्य रामवरन यादव, प्रदेश नं ५ का अध्यक्ष अशोक यादव, प्रदेश नं ५ का मुख्य सचिव डा रसिद खानलगायतले मधेशी र मधेशको हकअधिकारका बारेमा बोलेका थिए।
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्