मुम्बई: भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै खाले खेलबाट सन्यासको घोषणा गरेका छन् । गम्भीरले मंगलबार साँझ ट्वटिर मार्फत अन्तर्राष्ट्रिय र सबै खाले घरेलु क्रिकेट प्रतियोगिताबाट सन्यास लिएको उल्लेख गरेका छन् ।
३७ बर्षीय गम्भीर सन् २०१६ देखिनै भारतको राष्ट्रिय टोली बाहिर थिए । ओपनर ब्याट्सम्यान गम्भीरको जादुमयी प्रदर्शनमा भारतले सन् २००७ मा टी–२० र २०११ मा वान डे विश्वकपको उपाधि जितेको थियो ।
गम्भीरले सन् २००३ मा बंगलादेशविरुद्धको खेलबाट वान डे क्रिकेटमा डेब्यू गरेका थिए । उनले भारतका लागि ५८ टेस्ट, एक सय ४७ वान डे, ३७ टी–२०, एक सय ९७ पहिलो श्रेणी र दुई सय ९९ लिस्ट ए को खेल खेलेका छन् ।
टेस्ट क्रिकेटमा गम्भीरले ४१५४ रन बनाएका छन् । उनको नाममा नौ सतक र २२ अर्ध सतक छ । उनको उत्कृष्ट स्कोर दुई सय ६ रन रहेको छ ।
यसैगरी वान डे क्रिकेटमा उनले ११ सतक र ३४ अर्ध सतक प्रहार गर्दै कुल ५२३८ रन बनाएका छन् । टी–२० क्रिकेटमा उनले कुल नौ सय ३२ रन बनाए । आईपीएलमा सन् २०१२ र २०१४ मा कोलकाता नाइट राइडर्स च्याम्पियन बन्दा गम्भीर टोलीको कप्तान थिए ।
उनले सन् २०१७ को आईपीएलमा दिल्ली डेयर डेभिल्सबाट केही खेलमा कप्तानी गरेका थिए । तर दिल्लीले खराव प्रदर्शन गरेपछि उनले राजीनामा दिएका थिए ।
प्रकाशित मिति : बुधबार, मंसिर १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्