काठमाडौ । नेपालकी श्रृंखला खतिवडा मिस वर्ल्डको यात्रा टप १२ मा पुगेर टुंगिएको छ।
चीनको सान्यामा भएको मिस वर्ल्ड २०१८ को फाइनलमा नेपालकी श्रृंखला एसिया–ओसियाना क्षेत्रबाट टप १२ मा परेकी थिइन्।
यो क्षेत्रबाट नेपालसहित थाइल्यान्ड र न्युजिल्यान्ड टप १२ मा पुगेका थिए। यो एसिया-ओसियानाबाट मिस थाइल्यान्ड टप ५ मा पुगेकी छन्। श्रृंखला मिस नेपाल वर्ल्ड २०१८ विजेता भएर मिस वर्ल्डमा सहभागी भएकी हुन्।
नेपालकी ईशानी श्रेष्ठ पाँच वर्षअघि मिस वर्ल्डको टप १० मा पुगेकी थिइन्।
प्रकाशित मिति : शनिबार, मंसिर २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्