१ लाख ६ हजार कर्मचारी समायोजन गरिदै, खटाएको ठाउँमा नपुगे बर्खास्त गर्ने अधिकार

१ लाख ६ हजार कर्मचारी समायोजन गरिदै, खटाएको ठाउँमा नपुगे बर्खास्त गर्ने अधिकार

काठमाडौं । सरकारले स्वीकृत गरि पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै कर्मचारी समायोजन प्रक्रिया शुरु भएको ५ ।

अध्यादेश लागु भए सँगै निजामती तर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र अन्य संगठित संस्थाका २ हजार गरि करिव १ लाख६ हजार कर्मचारीहरुलाई समायोजन प्रक्रियामा सामेल गराउने गरि कार्य प्रारम्भ गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका सचिव दिनेश कुमार थपलियाले जानकारी दिए ।

अव कर्मचारी समायोजन प्रक्रिया शुरु भयो , सबै जना समायोजनको लागि तयारी अवस्थामा वस्दा हुन्छ’-सचिव थपलियाले भने । सचिब थपलियाकाअनुसार अब देशभरका तिनवटै तहको संगठन संरचना र दरवन्दिको अन्तिम टुंगो लगाइने छ ।

त्यसपछि सफ्टवेयर मार्फत सबै कर्मचारीको विवरण वेभसाइटमा सार्वजनिक गरि समायोजन प्रक्रियामा सामेल हुन आव्हान गरिने सचिव थपलियाले बताए । ‘सबैजना समायोजनमा सामेल हुनुपर्छ र समायोजन प्रणाली र सफ्टवेयरले गर्नेछ’-सचिव थपलियाले भने ।

यी प्रक्रियाहरु सोमबार देखि नै थालिने सचिव थपलियाको जानकारी दिए । समायोजन अध्यादेश अनुसार प्रदेश र स्थानीय तहमा रहने सबै पदहरुलाई तहगत रुपमा मिलान गरिने छ ।

तहगत रुपमा कर्मचारी समायोजन गर्दा निश्चित योग्यता पुगेकालाई एक तह बढुवा गरिने छ तर स्वतह बढुवा भने हुने छैन् । प्रदेश र स्थानीय तहमा समायोजन भएर जानेलाई निश्चित प्रतिशतमा वृत्ति विकासको अवसर सुनिश्चित गरिएको छ ।

यसैगरि ग्रेड वृद्धिको व्यवस्था गरिएको छ । प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन नवन्दा सम्म समायोजन हुने सबै कर्मचारी केन्द्रिय निजामती सेवा ऐन अनुसार नै सञ्चालन हुने छन् । प्रदेश निजामती र स्थानीय सेवा ऐन बनेपछि भने कर्मचारीहरु ती ऐन अनुसार नै सञ्चालित हुने व्यवस्था समायोजन अध्यादेशमा गरिएको छ ।

अन्तर सेवा तथा खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् । सबै कर्मचारीले अहिले पाइरहेको सेवा सुविधालाई सुनिश्चित गर्दै प्रोत्साहन स्वरुप केहि नया व्यवस्था समेत गरिने मन्त्रालयका सचिव थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij