बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता

बुटवल। बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन दिने प्रदेश पाँच स्तरीय मुख्यमन्त्री कप खुल्ला व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

२०६७ सालमा स्थापना गरिएको बुटवल व्याडमिन्टन क्लवले यस अंगाडी प्रत्येक वर्ष पुसको १, २ र ३ गते पश्चिमाञ्चल क्षेत्रीय प्रतियोगिता गर्दै आएकोमा मुलुकको परिवर्तीति संघीय संरचना अनुसार प्रदेश स्तरीय प्रतियोगिता गर्न लागिएको क्लका अध्यक्ष रमेशबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको बारेमा जानकारी गराउन बिहिबार क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले खेलको बिकास गरि खेलाडीलाई अवसर सिर्जना गर्न र खेलका माध्यमबाट प्रदेशलाई चिनाउनकालागि पनि प्रतियोगिता आयोजना गरिएको बताए ।

मेन्स सिंगल, मेन्स डवल, मेन्स भेट्रान्स र खुल्ला मेन्स डलव गरि चार बिधामा खेलाईने प्रतियोगितामा पहिलो दर्ताका आधारमा १३० टिमलाई सहभागि गराईने प्रतियोगिताका संयोजक तथा क्लवका तृतीय उपाध्यक्ष नलराज नेपालले जानकारी गराए ।

प्रतियोगितामा मेन्स सिंगल तर्फ प्रथम हुनेलाई ३० हजार रुपैंया, द्वितीय हुनेलाई २० हजार रुपैंया र तृतीय हुनेलाई १० हजार रुपैंया, मेन्स डवल तर्फ प्रथम हुनेलाई ५० हजार रुपैंया, द्वितीयलाई ३० हजार रुपैंया र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तैगरी मेन्स भेट्रान्स तर्फ प्रथम हुनेलाई ३० हजार रुपैंया, द्वितीय हुनेलाई २० हजार रुपैंया र तृतीय हुनेलाई १० हजार रुपैंया तथा खुल्ला मेन्स डलव तर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने क्लवका सूचना तथा जनसंम्पर्क संयोजक ध्रुवबिक्रम शाहले जानकारी गराए ।

त्यस्तैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, अनुशासित खेलाडी र उदियमान खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।
प्रदेश पाँचका १२ जिल्लाका क्लव र विभागीय टिम सहित ख्याती प्राप्त खेलाडीले प्रदर्शन गर्ने खेलमा खेल अवधिभर करिव १० हजार बढीले खेलको अवलोकन गर्ने क्लवका सचिव शम्भु भट्टराईले जानकारी गराए ।

बुटवल व्याडमिन्टन क्लवको बुटवल ११ पवित्रनगर माझगाउँ स्थित नवदिलिप कवर्ड हलमा प्रतियोगिता हुनेछ । चार विधा मध्ये मेन्स सिंगल मेन्स डवल र मेन्स भेट्रान्स प्रदेश स्तरीय हुनेछ भने त्यस बाहेक खुल्ला मेन्स डवलमा प्रदेश बाहिरका खेलाडी समेत सहभागि हुन पाउने क्लवले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij