७५३ वटै स्थानीय तहको काम ठप्प, कर्मचारी भन्छन्-हामीमाथि अन्याय भयो

७५३ वटै स्थानीय तहको काम ठप्प, कर्मचारी भन्छन्-हामीमाथि अन्याय भयो

काठमाडौं । कर्मचारी समायोजन सम्बन्धी अध्यादेशप्रति स्थानीय तहका कर्मचारीले असन्तुष्टि जनाउँदै आन्दोलन थालेका छन् ।

अध्यादेशले निजामति कर्मचारी र स्थानीय तहमा कार्यरत कर्मचारीबीच भेदभाव गरेको उनीहरुको दाबी छ । पहिलो चरणमा कर्मचारीहरुले आज देशभरका स्थानीय तहमा कामकाज ठप्प पारेका छन् ।

उनीहरुले केन्द्रबाट समायोजन भएर जाने कर्मचारीसँगै स्थानीय तहका कर्मचरीको पनि समायोजन गर्नुपर्ने माग अघि सारेका छन् ।

स्थानीय तहमा कार्यरत साढे ६ हजार अस्थायी कर्मचारीलाई स्थायी गर्न पनि उनीहरुको माग छ ।

स्थानीय तहका कर्मचारीलाई पनि एक तह स्वतः बढुवा गर्नुपर्ने मागलाई कर्मचारी संगठनले जोडबलका साथ उठाएका छन् ।

हातमा कालोपट्टी बाँध्नेदेखि अनिश्चितकालसम्म कामकाज ठप्प पारेर फोहोर उठाउन बन्द गर्नेसम्मका कार्यक्रम घोषणा गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

सरकारले हालै मात्र ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोधमा विपक्षी कांग्रेससँगै सत्तारुढ नेकपासम्वद्ध स्थानीय तहका कर्मचारी संगठनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नेकपा निकट स्थानीय तह कर्मचरी संघ तथा नेपाल राष्ट्रिय स्थानीय तह कर्मचारी संगठन, कांग्रेस निकट स्थानयी तह कर्मचरी युनियन र नगरपालिका कर्मचारी एसोसिएशनको संयुक्त बैठकले सोमबारबाट आन्दोलनमा उत्रिने निर्णय लिएका थिए।

घोषित कार्यक्रमअनुसार सोमबार ७५३ वटै स्थानीय तहको काम ठप्प भएको छ । स्थानीय तह कर्मचरी युनियनका महासचिव रामप्रसाद पौडेलले सोमबार काम रोक्ने कार्यक्रम सांकेतिक मात्रै भएको बताए ।

हातमा कालो पट्टी बाँधेर काम गर्ने, कार्यालय परिसरमा धर्ना दिनेसहित अनिश्चितकालीन काम रोक्ने र फोहोर उठाउन रोक्नेसम्मका कार्यक्रम तय भएका छन् ।

प्रकाशित मिति : सोमबार, पुष २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij