बुटवल । तुम समुदायको मातृभाषा र लिपि संरक्षणका लागि सञ्चालन गरिएको तमु खेमा लिपी प्रशिक्षण एक कार्यक्रमका बीच मंगलबार समापन गरिएको छ ।
तमुह्यूल छोंजधी गुरुङ राष्ट्रिय परिषद् बदेंलपोखरी इकाइका अध्यक्ष झल बहादुर गुरुङको अध्यक्षतामा भएको खेमा लिपी प्रशिक्षण समापन कार्यक्रममा बोल्दै प्रमूख अतिथि बुटवल उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नारायणप्रसाद पुनले विभिन्न समुदायका भाषा, संस्कार र लिपी राष्ट्रको सम्पती भएकाले संरक्षण र संम्बद्र्धन गर्ने दायित्व राज्यको भएको बताए ।
प्रशिक्षणले तमु समुदायको मातृभाषा र लिपीलाई प्रवद्र्धन र विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका जिल्ला सचिव ओमप्रकास तमु, खेमा लिपी निर्माता बालनरसिङ गुरुङ, तालिमका खेमा लिपी प्रमूख प्रशिक्षक भिमप्रसाद गुरुङ, ओम तमु, रिमा तमु, नविन तमु, लाल बहादुर तमु, तमु विद्यार्थीका केन्द्रिय सदस्य पोविन्द्र गुरुङ, प्रशिक्षार्थी सनम तमु लगायतले बोल्दै भाषा र लिपीको प्रशिक्षणले तमु समुदायको अस्तित्वलाई बचाउन मदत गर्ने विश्वास व्यक्त गरे।
तीन दिनसम्म चलेको प्रशिक्षणमा ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । चन्द्र बहादुर तमुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्