वालिङ । गण्डकी प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा यतिबेला कृषकसगँ मन्त्री कार्यक्रम मार्फत कृषकको घरघरमा पुगेका छन् ।
यसैक्रममा बुधबार स्याङ्जाको वालिङ नगरपालिका ४ सुन्तलाबारी खाल्टेमा कृषकहरुसंग अन्र्तक्रिया गरेका छन् । एक तह एक बातावरण मैत्री गाउँ बनाउने योजनामा मन्त्रलायले तयारी गरेको बताउदै मन्त्री थापाले एक पालिका एक हाट बजार, एक वडा एक कृषि उपज संकलन केन्द्र र एक तह एक कोल्ड स्टोर बनाउने योजनाका साथ अगाडि बढेको बताए ।
युवाले बिदेशबाट ल्याएको रकमलाई ३० प्रतिशत पशुपंक्षि र कृषिको क्षेत्रमा लगानी गर्नुपर्ने निर्देशिका बनाएको बताए । एक सहकारी एक नमुना उत्पादन कार्यक्रम मन्त्रालयले ल्याएको बताउदै मन्त्री थापाले कृषकको हितलाई हेरेर कृषि ब्यवसाय प्रबद्धन ऐन बनाउन लागेको बताए ।
कृषकका सबै मागलाई सम्बोधन गर्ने अगाडी बढेको बताउदै मन्त्री थापाले जेठ सम्ममा निती तयार गर्ने बताए । जग्गा बाझो राख्न नपाउने बताउदै मन्त्री थापाले जग्गा बाझो राखेमा सरकारले उपयोग गर्ने बताए । प्रदेशले ४ सय मोडेल फर्मको रुपमा बिकास गर्न लागेको बताउदै मन्त्री थापाले मोडेल फर्मको लागि एक हजार ९ सय ९८ निबेदन परेको बताए ।
मन्त्रालयले ज्ञान केन्द्र र बिज्ञ केन्द्रबाट काम गर्ने बताउदै मन्त्री अर्यालले केन्द्र स्थापना गर्दा स्थानिय तह र केन्द्र सरकारले आफ्नो अधिकार हनन गरेको आरोप लगाएको बताए । स्थानिय तह र केन्द्रका अधिकार हनन नभई प्रदेश सरकारले ज्ञान र बिज्ञ केन्द्र स्थापना गरेर सहयोग गरेको थापाको भनाई थियो ।
प्रदेशले राम्दी र मुग्लिनमा क्वारेनटाइन चेक पोष्ट बनाउने तयारी गरेको बताउदै मन्त्री थापाले जसले स्वस्थ्य तरकारी तथा मासु पाउने जिकिर गरे । सानका समस्या, कृषकलाई के आवश्यक छ बुझ्न तथा कृषक सगँ साझेदारी गरी योजना बनाउने उदेश्यले कृषक सगँ कृषि मन्त्री कार्यक्रम गरिएको मन्त्रलायको सचिब शरदचन्द्र श्रेष्ठले बताए ।
उनले कृषि, पशु पंक्षिको क्षेत्रमा परिचित गाउँको पहिचान गरि मन्त्रालयले पाचौ कार्यक्रमको रुपमा सुन्तलाबारी खाल्टेमा कृषकसगाँ अन्र्तक्रिया गरिएको बताए ।
मन्त्रीको कार्यक्रम फलदायी भएको बताउदै सचिब श्रेष्ठले यसअधि नवलपुर, गोरखा, बाग्लुङ, स्याङ्जाको भिरकोटमा कृषकसगँ कृषि मन्त्री कार्यक्र गरिएकको बताए ।कार्यक्रममा वालिङ नगर प्रमुख दिलिप प्रताप खाणँले वालिङलाई उत्पादनको होल्डिङ कम्पनी स्थापनाको तयारी गरिएको बताए ।
प्रकाशित मिति : बुधबार, पुष ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्