गुल्मी । इश्मा गाउँपालिकाले अक्सिजनको कारण मृत्यु हुने जोखिम कम गर्न सवै स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर सेट वितरण गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य कार्यक्रम अन्तरगत बर्थिङ सेन्टर भएका पाँच स्वास्थ्यचौकीलाई एक÷एक थान अक्सिजन सिलीण्डर सेट प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।
अहिलेसम्म इश्मा गाउँपालिका वडा नं २ मा स्वास्थ्यचौकी छैन् । सो स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र मार्फत स्वास्थ्य सेवा प्रबाह भएकाले आउने दिनमा थप व्यावस्थापन गरिने बस्नेतले बताए ।
अक्सिजन कम भएर दमका रोगी बृद्धबृद्धा, बालबालिका तथा अन्य रोगका बिरामीको मृत्यु हुन सक्ने जोखिम कम हुने र अक्सिजनकै लागि सदरमुकाम दौडने बाध्यता हट्ने गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।
इस्मा गाउँपालिकाको अम्मरपुर स्वास्थ्य चौकी र इश्मा रजस्थल स्वास्थ्यचौकीमा ल्याव सेवा सञ्चालनमा आएको छ ।
ल्याव सेवाको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले उद्घाटन गरे । गाउँका दुई स्वास्थ्य संस्थामा ल्याव संचालन भएसंगै नागरिकले सामान्य जाँचको लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोकर्ण थापाले बताए ।
ल्यावमा सुगर, युरिक एसिड, सिविसी र एचवी, टाइफाइड, जण्डिस, बाथरोग, गु्रपिङ्ग, एच आइभी, क्षयरोग, गर्ववति, दिसा पिसाव र युरिया एलबोमिनको हुने अम्मपुर स्वास्थ्यचौकी इन्चार्ज अस्मिता खड्काले जानकारी दिइन् ।
गाउँपालिकाले सुगर परिक्षणको एक सय, युरिक एसिडको दुई सय, सिविसी र एचवी परिक्षणको दुई सय, टाइफाइड परिक्षणको दुई सय, जण्डीस परिक्षणको दुई सय, बाथरोथ परिक्षणको दुई सय, एचआइभी, क्षयरोग र गर्वबति परिक्षणको निशुल्क तथा दिसा पिसाब परिक्षणको दुई सय र युरिया एलबोमिनको दुई सय शुल्क निर्धारण गरेको रजस्थल स्वास्थ्यचौकीको ल्याव असिस्टेण्ट देवि श्रीसले बताइन् ।
इश्मा गाउँपालिकाका तीन वटा वडामा एम्बुलेन्स छन् । अहिलेसम्म आवश्यक परे सवै वडामा एम्बुलेन्स पुग्छन् । तर पनि स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन गाउँपालिकाले सवै स्वास्थ्य संस्थामा स्टिचर वितरण गरेको छ ।
जस अनुसार एम्बुलेन्स सेवा नभएका वडा नं ३ दर्लामचौर स्वास्थ्यचौकी, वडा नं २ को सामुदायिक स्वास्थ्य केन्द्र र अम्मपुर स्वास्थ्यचौकीलाई पाँच÷पाँच वटाका दरले स्टिचर वितरण गरिएको गाउँपालिकाका नायव सुब्बा नारायण महतले बताए ।
त्यस्तै एम्बुलेन्स भएका वडा नं ५ को रजस्थल स्वास्थ्यचौकी, वडा नं ४ को दोहली स्वास्थ्यचौकी र वडा नं १ को हस्तिचौर स्वास्थ्यचौकीलाई तीन÷तीन वटाका दरले स्टिचर वितरण गरिएको महतले बताए ।
साथै हिमास्मृति कोषको तर्फबाट अम्मपुर स्वास्थ्यचौकीलाई एक सेट डेलिभरी सामग्री वेड र एक सेट फुट स्टेप हस्तान्तरण स्वाथ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष हिरा बहादुर जिसीले बताए । गाउँपालिकाले गर्भवति उत्प्रेरणा भत्ता वितरण गरेको छ ।
गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला खत्री प्रत्येक वडामा पुगेर गर्भवति महिलाहरुलाई भत्ता वितरण गरेका छन् । गर्भवति भएपछि नियमित चार पटक गर्भ जाँच गराउनेलाई गाउँपालिकाले एक हजार उत्प्रेरणा भत्ता उपलब्ध गराउने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख बिष्टले बताए ।
उनले गर्भवति भएको बेलामा पोषणको आवश्कता र नियमित जाँच आवश्यक रहेकाले उत्प्रेरणा स्वरुप भत्ता वितरण गरिएको बताए ।
गाउँपालिकाको वडा नं १ र २ का ३२ जना, वडा नं ३ का २० जना, वडा नं ४ का १८ जना, वडा नं ५ का २२ जना र वडा नं ६ का ३४ गरि एक सय २६ जना गर्भवति महिलाई उत्प्रेरण भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पुष ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्