विवादित छवि भएकालाई राजनीतिक नियुक्ति दिएकोमा नेकपा भित्र चर्को असन्तुष्टि

विवादित छवि भएकालाई राजनीतिक नियुक्ति दिएकोमा नेकपा भित्र चर्को असन्तुष्टि

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४३ केन्द्रीय सदस्यले भ्रष्ट वा विवादित छवी भएकाको राजनीतिक नियुक्ति र मानपदवी तत्काल खारेज गर्न माग गर्दै अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका छन् ।

भ्रष्टलाई राजनीतिक नियुक्ति नगर्न माग गर्दै प्रतिनिधिसाभा सदस्य कृष्णगोपाल श्रेष्ठमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छवीका मानिसहरुले राजनीतिक नियुक्ति पाउन सफल भएको भन्दै तत्काल दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकालाई यथाशिघ्र पदबाट बर्खास्त गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

यसअघि पार्टीमा पक्षपातले सीमा नाघेको भन्दै २२ जना केन्द्रीय सदस्यसहितका नेताहरुले महासचिवमार्फत ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : आइतबार, पुष ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij