प्रदेश सभामा सत्तारुढ दलका सांसदहरुद्धारा सरकारको कार्यशैलीप्रति असन्तुष्टि

प्रदेश सभामा सत्तारुढ दलका सांसदहरुद्धारा सरकारको कार्यशैलीप्रति असन्तुष्टि

सरकार मितब्ययी भन्दा बिलासी बनेको आरोप

बुटवल ।
प्रदेश नम्बर पांचको हिउदे अधिबेशनको दोश्रो बैठकमा सत्तारुढ दलकै सांसदले असन्तुष्टि पोखेका छन् ।

सरकारका गतिबिधिप्रति असन्तुष्टि जनाउदै प्रदेशसभा सदस्य तथा नेकपाका नेता समेत रहेको भोजप्रसाद श्रेष्ठले सरकार भौतिक पूर्वाधारमा गम्भिर बन्न नसकेको बताए।

सरकार मितब्ययी भन्दा बिलासी बनेको बताउँदै उनले भने -‘ बैंकहरुले ब्याज बढाएका छन्,ब्यबसायी चर्काे ब्याजमा परेका छन् यतातर्फ पनि सरकारको ध्यान जानु पर्छ । ’
बैंकहरुले ब्याजदर बढाउदा नेपाल राष्ट्र बैंकले अनुगमन नगरेको सांसद श्रेष्ठले बताए ।

वैठकमा विशेष समय लिएर सत्तारुढ दल नेकपाकै सांसद उत्तरकुमार वलीले दाङमा २ दिन अघि भएको बस दुर्घटनामा घाइते भएकाले राम्रो उपचार सेवा पाउन नसकी ठूलो मानवीय क्षति हुन पुगेकोे बताए ।

यस्तै प्रदेश सभाको तेश्रो अधिबेशनको दोश्रो बैठकको शुरुमै शोक प्रस्ताब पारित गरिएको छ । शुक्रबार साझ दाङको राम्राीमा भएको बिद्यार्थी बोकेको बस दुर्घटनाका मृतकहरुप्रति शोक प्रस्ताव पारित गरिएको हो ।

बैठककै प्रारम्भमा सभामुख पुर्ण बहादुर घर्तिले स्कुल बस दुर्घटनाका मृतकहरुप्रति शोक व्यक्त गर्न शोक प्रस्ताव राखे भने घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

प्रदेश ५ जाँचबुझ आयोगको गठन र संघ–संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको छ ।

अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा व्यवस्था तथा प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रशासकीय कार्य्विधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक पनि आईतबारको बैठकमा पेस भएको छ ।

बैठक साेमबार दिउसो १ बजे पुन बस्नेछ ।

प्रकाशित मिति : सोमबार, पुष ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij