JanataToday.com

Advertisment

SKIP THIS

सन्दिपकाे उत्कृष्ठ खेलले पनि हार टर्न सकेन मेलबर्नकाे

सन्दिपकाे उत्कृष्ठ खेलले पनि हार टर्न सकेन मेलबर्नकाे

बुटवल । नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यासको दोस्रो खेलमा पनि सानदार प्रर्दशन गरेका छन् ।

सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सबीरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् । आफ्नो पहिलो स्पेल लिएर सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा एलेक्स डूलनलाई २ रनमा बोल्ड गरे ।

सन्दीपले उक्तमा ओभरमा ५ रन मात्र खर्चिए । त्यस्तै नवौं ओेभरमा सन्दीपले १ चौका सहित ७ रन खर्चिए, कुनै विकेट लिन सकेनन् । जस्मा सुरुवाती ३ बल डट गराए ।

१४ औं ओभरको दोस्रो बलमा सन्दीपले कप्तान तथा विकेटकीपर मैथ्यू वेडलाई एडम जम्पाको हातबाट क्याच गराउदै ५२ रनमा पेभिलिएन फर्काए । यस ओभरमा एक छक्का सहित सन्दीपले ८ रन खर्चिदै १ विकेट लिए ।

त्यस्तै १६ ओभरको पहिलो बलमै बेन मैकडरमोटलाई एलपी डब्लू आउट गरे । आफ्नो अन्तिम ओभर समेत रहेको उक्त ओभरमा सन्दीपले एक विकेट सहित ४ रन मात्र खर्चिए । तर सन्दीपको टिम मेलबर्न होबार्टसँग ६ विकेटले पराजित भएको छ । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको होबार्टले १८.४ ओभरका ४ विकेटको क्षतिमा पुरा गर्यो ।

उसका लागि मैथ्यू वेड ५२, डी आर्सी शर्ट ३४ र बेन मैकडरमोटले २८ रन बनाए । त्यस्तै जर्ज बेली २७ रनमा नट आउट रहे । मेलवर्नका लागि सन्दीप बाहेक स्कट बोल्लानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मेलवर्नले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन जोडेको थियो । मेलवर्नका लागि निक लार्किन ४५, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिस २२ र ड्वेन बाभ्रोले १२ रन जोडे ।

होबार्ट होबार्ट हरिकेन्सका लागि जोफ्रा आर्चरले ३ र डी आर्सी शर्टले २ विकेट लिए । सन्दीपले पहिलो डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध ४ ओभरमा ३६ रन खर्चिएर २ विकेटका थिए ।

प्रकाशित मिति : सोमबार, पुष ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij