दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक प्रस्तुत गरेका थिए । सो विधेयकको सैद्धान्तिक विषयमा सांसदद्वय प्रेम सुवाल र कृष्णभक्त पोखरेलले आफ्नो धारणा राखेका थिए ।

यस्तै बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेकाे ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो विधेयकको सैद्धान्तिक पक्षमा सांसद गगन थापा, प्रेम सुवालले आफ्नो धारणा राखेका थिए । बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरिएको जानकारी गराएका थिए । प्रतिनिधिको अर्को बैठक पुस १७ गते मङ्गलबार १२.०० बजे बस्नेछ । रासस

प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij