“मिस इकलेज २०१९” को लागि आवेदन फारम खुल्ला

“मिस इकलेज २०१९” को लागि आवेदन फारम खुल्ला

काठमाडौं । विगत १० वर्ष देखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को नवौैैं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१९”े को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताए।

कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उनले बताए ।

विगत १० वर्षदेखि काठमाडांैमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो नवौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । ‘Student’s personality education and beauty Ú ’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ ।

उक्त कार्यक्रमको लागि सहभागीताको लागि माघ तेस्रो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा फाल्गुनको अन्तिम साता राजधानीमा सम्पर्न हुनेछ ।

प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१९” कोे ताज उपाधि सहित सुजुकी लेट्स स्कुटर र उच्च शिक्षाको लागि अष्टेलियाको लागि छात्रावृत्ति पाउने छिन भने वाली भ्रमण गर्नको लागि हवाइ टिकट पाउने छिन साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइलफोन तथा अष्टेलियाको लागि छात्रावृत्ति साथै वाली भ्रमण गर्नको लागि हवाई टिकट पाउने छिन भने अन्य विभिन्न गिफ्टहयाम्परहरु प्राप्त गर्ने छिन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।

प्रकाशित मिति : बुधबार, पुष १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij