कालीको आवाजमा‘इन्स्टाको फोटो’

कालीको आवाजमा‘इन्स्टाको फोटो’

बुटवल । काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक गरिएको छ । ‘जी 21 डिजिटल’को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरेलाई पनि देख्न सकिन्छ । हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् । भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।

‘नेपाली गीत सङ्गीतको बजार पनि फराकिलो भइरहेको र जी 21 डिजिटल मार्फत स्तरीय सङ्गीतलाई प्रोत्साहन गर्ने हेतुले आफूहरू म्युजिक भिडियोतर्फ पनि केन्द्रित भएको निर्देशक असिम शाहले बताए । यस अघि ‘जी 21 डिजिटल’ मार्फत सार्वजनिक गीत ‘नाच फिरिरि’ ले पनि विभिन्न रेकर्ड राख्न सफल भइसकेको छ ।

प्रकाशित मिति : मंगलबार, माघ १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij