JanataToday.com

Advertisment

SKIP THIS

सोमपाल र सन्दीप चम्किएपछि नेपालले युएईलाई एक सय ४५ रनले पराजित गर्‍यो

सोमपाल र सन्दीप चम्किएपछि नेपालले युएईलाई एक सय ४५ रनले पराजित गर्‍यो

काठमाडौं– पहिलो खेलमा नेपाललाई सहजै पराजित गरेको युएई एकदिवशीय क्रिकेट श्रृंखलाको दोश्रो खेलमा भने निरिह बनेको छ । दोश्रो खेलमा नेपालले एक सय ४५ रनको फराकिलो जित हात पारेको हो । एक सय ४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रन बनाउँदा अलआउट भयो ।

नेपाललाई जिताउन सोमपाल कामी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । सोमपालले ५ र सन्दीपले चार विकेट हात पारे। सुरुका चार ओभरमा चार विकेट लिएका सोमपालले २० औं ओभरको तेश्रो बलमा युएईको इनिङ समाप्त गरिदिएका हुन् ।

सन्दीपले १५ औं ओभर बिना कुनै रन तीन विकेट हात पारे । अर्को एक विकेट सन्दीपले ९ औं ओभरमा लिए । १८ औं ओभरमा करणले रन आउट गराए।

२ सय ४३ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले सुरुमै दवावमा राखेको छ ।

यसअघि रोहित पौडेल र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल जितका लागि युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ४२ रन बनायो ।

नेपालका लागि रोहीत पौडेलले ५५ रन र उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडे । आरिफ शेखले २९ रनको योगदान गर्दा विनोद भण्डारी र कप्तान पारस खड्काले समान २१ रन, करण केसीले १८, दिपेन्द्रसिंह ऐरीले १० र पवन सर्राफले ८ रन जोडे ।

पहिलो खेलमा सर्वाधिक रन बनाएका सोमपाल कामी आजको खेलमा २ रनमै आउट हुँदा सन्दीप लामिछानेले नटआउट १४ र ललितनारायण राजवंशीले ३ रन जोडे ।

युएईका इमरान हाइडर र अमिर हायतले समान तीन विकेट लिए । मोहमद नाभिद, जाहोर खान, र अस्फाक अहमिदले एक/एक विकेट लिए।

यो जितसँगै युएईविरुद्ध तीन दिवशीय श्रृंखला एक/एकको बराबरी भएको छ । अब एकदिवशीयको अन्तिम खेल सोमबार हुँदैछ । यो खेल जसले जिते पनि २–१ को जित हात पार्ने छ।

प्रकाशित मिति : शनिबार, माघ १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij