बुटवल – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक मंगलबार अवरूद्ध गरेको छ ।
प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन भएको विशेष समितिले काम नगरेको भन्दै बैठक अवरूद्ध गरेको हो ।
समितिको संयोजक ३ महिना अगाडि संयोजकमा दीपेन्द्रकुमार पुनलाई बनाएको थियो ।
तर समिति समिति स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्नुको साटो जालझेल गरेर लम्बाउन खोजको भन्दै बैठक अवरूद्ध गरेको कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिए ।
सुझाव संकलन गर्न गठित १५ सदस्यीय समिति छ । जसमा रूकुम पूर्व, नवलपरासी र बाँके जिल्लाका प्रतिनिधिहरू छैनन् । समितिमा सबै जिल्लाका सांसदहरूको प्रतिनिधित्व गराउन समितिले तयारी गरेको छ ।
समितिमा सदस्य थपका नाममा राजधानी टुंगो लगाउने विषयलाई लम्बाउन खोजिएको भन्दै त्यसको विरूद्ध आफूहरू बैठक अवरूद्ध गरेको पोखरेलले बताए ।
कांग्रेसले यस अगाडि माघ १८ गते बसेको बैठक पनि गोविन्द केसीको जीवनरक्षा र निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने हत्यारालाई पक्राउ गर्न माग गर्दै बैठक अवरूद्ध गरेको थियो । संसदको अर्को बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्