खोटाङ । कालोपत्रे सम्पन्न भएपछि खोटाङको थामखर्क विमानस्थल उद्घाटन गरिएको छ ।
कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।
खोटेहाङ गाउँपालिका–४ बड्का, दियालेमा विमानस्थल उद्घाटनका लागि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्चिव गौतमलगायतको टोली थामखर्क पुगेका थिए ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र भोजपुरका केही वडाका सर्वसाधारणले उपयोग गर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम रौता कन्स्ट्रक्सनले भ्याटसहित १० करोड ६० लाख ७१ हजारमा पूरा गरेको हो ।
निर्माण कम्पनी रौता कन्ट्रक्सनले १५ महिनाभित्र पूरा गर्नेगरी २०७३ साल असोज २० गते सम्झौता गरेको थामखर्क विमानस्थल कालोपत्रेका काम २८ महिनामा पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर रत्न श्रेष्ठले बताए ।
प्रकाशित मिति : सोमबार, माघ २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्