आइसीसी वरियतामा कप्तान खड्काको छलाङ

आइसीसी वरियतामा कप्तान खड्काको छलाङ

काठमाडौं । हालै युएई विरुद्धको अन्तर्राष्ट्रिय टि–२० सिरिजमा नेपाललाई ऐतिहासिक सफलता दिलाएका कप्तान पारस खड्का आइसीसीको टि–२० अलराउण्डरतर्फको वरियतामा ४० औं स्थानमा पुगेका छन् ।

युएई विरुद्ध नेपाललाई २–१ को टि–२० सिरिज जिताउन महत्वपूर्ण भूमिका खेलेका खड्का आइसीसी टि–२० अलराउण्डरहरुको वरियतामा ३९ औं स्थानमा छन् । त्यसका लागि खड्काले कुल ७६ अंक प्राप्त गरे ।

यो उनको हालसम्म कै सबैभन्दा उत्कृष्ट वरियता समेत हो ।

त्यस्तै खड्काले आइसीसीको ब्याटिङ वरियतामा पनि पाँच स्थान सुधार गर्दै ९० औं स्थानमा पुगेका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय टि–२० वरियतामा नेपालका सोमपाल कामीले २२ स्थान सुधार गर्दै ४०९ अंकका साथ ७० औं स्थानमा पुगेका छन् ।

समान अंक बटुलेका नेपालकै बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।

प्रकाशित मिति : सोमबार, माघ २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij