JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा यातायात मजदुरलाई अन्तरराष्ट्रिय प्रशिक्षण

बुटवलमा यातायात मजदुरलाई अन्तरराष्ट्रिय प्रशिक्षण

बुटवल । यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई आफना अधिकारका बारेमा जानकारी गराउने लक्ष्य सहित बुटवलमा प्रशिक्षण शुरु भएको छ ।

अन्र्तराष्ट्रिय यातायात मजदुर संगठन ( आईटिएफ )र जर्मनी संस्था एफईएसको सम्युक्त आयोजनामा संचालित प्रशिक्षणमा ६ जिल्लाका २५ जना यातायात मजदुरको सहभागिता रहेको छ ।

३ दिन सम्म संचालन हुने प्रशिक्षणमा दाङ, धनगढी, काठमाण्डौ, कपिलवस्तु ,कास्की र रुपन्देहीका यातायात मजदुरको सहभागिता रहेको छ ।

सन १८९६ मा स्थाापना भएको अन्तराष्ट्रिय यातायात मजदुर संगठन( आईटिएफ )मा अहिले १ सय ३९ राष्ट्रका २ करोड मजदुर र ६ सय ७७ वटा युनियन आवद्ध रहेको साउथ एशियाकी युवा कोडिनेटर आरर्ती असधितले बताए ।

प्रशिक्षणमा यातायात मजदुरले भोग्नु परेका समस्याहरुलाई संगठित रुपमा समाधानका उपायहरु जानकारी गराउने तथा अन्तराष्ट्रिय संगठनमा आवद्धता गराउन टेवा पुराउने रहेको युवा कोडिनेटर आरर्तीले बताए ।

त्यसै गरि जर्मनी संस्था एफईएसकी नेपाल प्रतिनिधी समिरा पौडेलले यातायात क्षेत्रमा कार्यरत मजदुरहरुलाई सामाजिक र राजनैतिक संवादको माध्यमवाट नेतृत्व विकासका लागि सशक्तिकरण गर्नु नै प्रशिक्षणको उद्देश्य रहेको बताए । आरर्ती, समिरा संगै अर्जुन पाण्डे र रेविका गिरीले सहभागिहरुलाई प्रशिक्षण प्रदान गर्ने छन् ।

त्यसअधि कार्यक्रको शुभारम्भ गदै नेपाल मजदुर संगठन प्रदेश नम्बर पाँचका सह ईन्चार्ज ठाकुर गैरे र नेपाल ट्रेड युयिन काँग्रेस प्रदेश ५ का उपाध्यक्ष कृष्ण वेल्वासेले यातायात क्षेत्रमा कार्यरत मजदुरहरुलाई प्रदान गरिने यस प्रकारका प्रशिक्षण कार्यक्रमले मजदुरहरमा जागरण पैदा हुन र अधिकारका सवालमा सचेतना जागृत गराउने धारणा राखेका थिए ।

कार्यक्रममा मजदुर नेता प्रकाश गैरे र कृष्ण कंडेलले स्थानिय रुपमा सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij