JanataToday.com

Advertisment

SKIP THIS

वर्षाले फाप्ला मैदान हिलाम्मे, डीपीएलका आजका दुवै खेल नहुने सम्भावना

वर्षाले फाप्ला मैदान हिलाम्मे, डीपीएलका आजका दुवै खेल नहुने सम्भावना

कैलाली । धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गाेल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित हुने सम्भावना प्रबल बनेको छ ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदानमा पानी जमेकाे छ । शुक्रबार राति पुनः पानी परेपछि मैदान खेल्नै नमिल्ने भएकाे छ ।

अम्पायरले खेल रद्द भएकाे घाेषणा गरिसकेका भने छैनन् । आज बिहान ४ बजेसम्म कैलालीमा पानी परेकाे थियो । मैदानको आउटफिल्डमा पुरै पानी जमेको छ ।

मौसम विभागले आज बिहानसम्म पनि पानी पर्नसक्ने जनाएको छ । अहिलेसम्म विराटनगरले अंकतालिकामा तीन अंक बनाएको छ । उसले तीन खेलमा एक जीत एक हार र एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यस्तै काठमाण्डाैले दुई खेलमा दुई जित निकालेको छ । धनगढी लगातार तीन खेलमा हार व्यहोर्दा आज खेल भएन भने उसको शीर्ष चारमा पुग्ने सपना समाप्त हुनेछ । यता महेन्द्रनगरलाई पनि ठूलो घाटा हुनेछ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij