JanataToday.com

Advertisment

SKIP THIS

हजुरबुबाबाटै पाँच वर्षीया नातिनी बलात्कृत

हजुरबुबाबाटै पाँच वर्षीया नातिनी बलात्कृत

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा शुक्रबार हजुरबुबाबाटै पाँच वर्षीया नातिनी बलात्कृत भएकी छिन् ।

सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीय एक वृद्धलाई आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

जबरजस्ती करणीको बारेमा आमालाई बालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाउनासाथ तत्काल प्रहरी अधिकृतसहितको टोली गई हजुरबुबालाइ पक्राउ गरेको हो । आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

त्यस्तै बिहीबार अर्घाखाँचीको भूमिकास्थान–१, साम्नेगाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षीय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो ।

विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई प्यूठान प्रहरीलाई बुझाएको छ । चाउचाउ खाने पैसा दिएर ललाइफकाई बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन् । बालिका गत पुसदेखि नै बृद्धबाट बलात्कारको सिकार हुँदै आएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीमा बलत्कारका घटनाहरु बढिरहेका छन् । आर्थिक वर्ष २०७१–७२ मा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्धा ५ मात्र रहेका थिए । त्यो संख्या गएको आर्थिक वर्ष अर्थात २०७५–७६ मा १८ पुगेको छ । जसमा जबरजस्ती करणीका १५ र जबरजस्ती करणी उद्योगका ३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

यो वर्ष भने साउनदेखि यता ७ वटा मुद्दा दर्ता भएका छन । जसमा जबरजस्ती करणीका ६ र जबरजस्ती करणी उद्योगको एउटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घमले बताए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij