अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर १० साबिकको सिद्धारा तल्लो हर्रेमा भालुको आक्रमणमा परी २ जना घाइते भएका छन ।
राति साढे ९ बजे माथिल्लो हर्रेबाट काम गरी तल्लो हर्रेमा जाने क्रममा बाटोमा भालुले आक्रमण गरेपछी ३८ बर्षिय शंकर सोति र ५० बर्षिय पदम बहादुर बलाल घाइते हुनु भएको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट शंकरको दाहिने खुटामा चोट लागेको र शरिका बिभिन्न भाग लछारेको तथा पदमको बाया हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था सामान्य रहेको र नजिक अस्पताल समेत नरहेकाले उनीहरुले भोली मात्रै ठाडा वा कपिलवस्तुका अस्पतालमा गई उपचार गर्ने बताएको स्थानीयले बताएका छन ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्