JanataToday.com

Advertisment

SKIP THIS

भारतीय मजदुरलाई जलाउने प्रयास

भारतीय मजदुरलाई जलाउने प्रयास

बुटवल । रूपन्देहीको शुद्धोधन गाउँपालिकामा एक व्यक्तिलाई जिउँदै जलाउने प्रयास भएको छ । नेपालमा मजदुरी गर्ने भारतीय नागरिकलाई शुद्धोधन वार्ड नम्बर १ को एकतापुरमा जलाउने प्रयास गरिएको हो ।

भारत घर भएका ६५ वर्षिय शिशु धुवाँ नामका व्यक्तिलाई १२ गते राती ११ बजे सुतिरहेको समयमा जलाउने प्रयास भएको खुलेको छ ।

रूपन्देहीको विनयपुरा खोलको लेबर काम गर्ने धुवालाई राती स्थानीय ३५ वर्षिय रमेश गुप्ता र ३० वर्षिय मेहन्द्र मल्लाहले आगो लगाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए ।

दानव नदीको छेउमा सुतिरहेका उनलाई मदिरा सेवन गरेका स्थानीय युवाले जलाउने प्रयास गरेको वार्ड नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद बस्यालले बताए ।

प्रहरीले पीडितको पहिचान खुलाएको छैन भने घटना सामान्य रहेको दावी गर्दै आएको छ । सुतिरहेका ती भारतीय नागरिकलाई उनकै कपडा खोली आगो लगाएको र त्यही आगोमाथि हातखुट्टा समातेर जलाउने प्रयास भएको स्थानीयले बताएका छन् ।

आगोमा जलेर उनको शरीरको पछाडिको भाग डढेको छ । यो घटना फागुन १२ गते राति ११ बजेको हो । घटनालगत्तै इलाका प्रहरी कार्यालय रन्यौराले पीडित व्यक्तिलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थियो ।

अस्पतालमा एक रात बिताएका घाइते भारतीय नागरिक मंगलबार बिहान ८ बजेदेखि गायव भएका छन् । अस्पतालले आफन्त नभएकाले भर्ना गर्न नसकिएको भन्दै उपचार गर्दागर्दै भागेको दावी गरेको छ । स्थानीयले पीडकलाई बचाउन घाइतेलाई गायव पारिएको आरोप लगाएका छन् ।

स्थानीय तुलसी अर्यालले जलेको घाइते बिरामी हराउनुमा आशंका रहेको भन्दै दोषीमाथि कारबाही माग गरे । इलाका प्रहरी कार्यालय बुटवलका नायव उपरीक्षक डिल्ली मल्लले घटना सामान्य रहेको दावी गरे ।

उनले घटनमा आगो लगाउने दुई जनालाई नियन्त्रणमा लिएको बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij