काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।
तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्।राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जनकारी दिए।
कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।
ताप्लेजुङस्थित कान्तिपुरका संवाददाता आनन्द गौतमले चुहान डाँडा नजिकै ठूलो आवाज सहित धुँवाको मुस्लो देखिएको स्थानीयलाई उद्धृत गर्दै बताएका छन्।
थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्