JanataToday.com

Advertisment

SKIP THIS

दुर्घटनामा परेको हेलिकोप्टरमा को को सवार थिए ?

दुर्घटनामा परेको हेलिकोप्टरमा को को सवार थिए ?

काठमाडौँ संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।

एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए । अन्य एकजना यात्रुको भने नाम खुल्न सकेको छैन ।

सुरक्षा स्रोतका अनुसार यो हेलिकप्टर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट ६ नटिकल माइल उत्तर-पूर्वस्थित सिस्ने खोला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । स्थानीयबासीले हेलिकप्टर भिरमा दुर्घटनाग्रस्त भएको बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा परेको जानकारी पाएपछि नेपाली सेनासहितको टोली उद्दारका लागि सदरमुकाम फुङलिङबाट हिँडिसकेको छ । दुर्घटनास्थलमा पुग्न करिब एक घण्टा लाग्ने हाम्रा सहकर्मी सीताराम गुरागाइँले जानकारी दिएका छन् ।
अन्नपुर्णकाे सहयाेगमा

प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij