तेह्रथुम । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तेह्रथुम आठराइ चुहानडाडामा रहेको थुम्की डाँडा एयरपोर्ट निर्माणको बुधवार विहान स्थलगत निरिक्षण, सम्बाव्यता अध्य्यन र स्थानीयसँगको छलफल गरेका थिए ।
उनी हँसीलो र खूशी देखिएर सँधै देखिने जाँगर सहित स्थानीयहरुसँग छलफल गरेका थिए। उनले सबै बिषय ध्यानले सुनेको स्थानीय गोविन्द राईले जानकारी दिएका छन्। उनले स्थानीयका अरु गुनासोहरु पनि ध्यान दिएर सुनेका थिए।

तस्बीर : हाम्राकुरा
चुहान डाँडाको कार्यक्रम सकेर ताप्लेजुङ गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको खबर स्थानियले केहि बेरमै पाए। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको हो। हेलिकप्टर आकाशमै आगो लागेर खसेको थियो।
Video Source : hamrosawal
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्