JanataToday.com

Advertisment

SKIP THIS

फाप्लु विमानस्थलको धावनमार्ग निर्माणको काम निर्धारित मिति अघि नै सकिने

फाप्लु विमानस्थलको धावनमार्ग निर्माणको काम निर्धारित मिति अघि नै सकिने

सोलुखुम्बु . फाप्लु विमानस्थलको धावनमार्ग निर्माण कार्य २ महिना भित्र सकिने भएको छ । २०७६ सालको साउन २४ भित्र सम्पन्न गर्ने सम्झौता भएको भए पनि ०७५ साल भित्रै सम्पन्न हुने आयोजनाले जनाएको छ ।

करिब ८ करोड ७८ लाख लागतमा काष्टमण्डप उमा एन्ड कम्पनी जेभि काठमाण्डौले निर्माण जिम्मा पाएको यो कामको अहिलेसम्म ८० प्रतिशत भन्दा बढि काम सकिएको आयोजनाले दाबी गरेको छ ।

१५ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि एक वर्ष भित्रै सक्ने लक्ष्यका साथ काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्ययन प्रधिकरणका एरोड्रम इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताए ।

धावन मार्गको लागि ५ करोड ७५ लाख तथा घेराबारका लागि ३ करोड ३ लाख रुपैयाँमा निर्धाणाधीन धावनमार्ग निर्माणको माटो कटिङ, फिलिङ, ग्रेड डाउन, सबबेस लगायतका काम सकिएर आरसीसी ढलानको चरणमा रहेको प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माणपछि ४ ओटासम्म जहाज अटाउन सक्ने क्षमता रहेको इन्जिनियर श्रेष्ठले बताए ।

अहिले २ ओटा मात्र जहाज अवतरण गर्न सक्ने क्षमता रहेको फाप्लु विमान स्थलमा धावन मार्ग निर्माण सकिएपछि विमान आकासमा होल्ड गरेर बस्नुपर्ने अवस्थाको अन्त्य हुने निगमले विश्वास लिएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij