बेझाड । छोराको विवाहमा लाग्ने खर्चवापतको रकमबाट पाल्पा रामपुरका एक परिवारले विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन् ।
रामपुर नगरपालिका–३ रजघरा बस्ने टङ्कनाथ घिमिरेको परिवारले छोरा पुरुषोत्तम घिमिरेको विवाहमा लाग्ने खर्च कटाएर जनविकास माध्यमिक विद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष खडा गरिदिएका छन् ।
“विवाहमा हुनेले खर्च गर्छ, नहुनेले ऋण काढेर भए पनि धुमधामका साथ खर्च गर्नुपर्ने स्थिति सिर्जना हुन थालेपछि छोराको विवाहको भोजभतेरमा लाग्ने खर्च शैक्षिक क्षेत्रमा सहयोग गरिदिएका हौँ”, घिमिरेले भने ।
सो रकम विद्यालयमा पठनपाठन गर्ने गरीब, विपन्न, दलित परिवारका बालबालिकाको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष खडा गरेको घिमिरे परिवारले जनाएको छ ।
घिमिरे परिवारले गरेको उदाहरणीय काय अरुका लागि पनि प्रेरणादायी भएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले बताए ।
शिविरमा ५२७ ले सेवा लिए
पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा सञ्चालन भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५२७ ले सेवा लिएका छन् ।
पूर्वखोला गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा ४०० ले प्राथमिक स्वास्थ्य सेवा, २६ महिलाले परिवारनियोजनको साधन इम्प्लान्ट सेवा लिएका छन् ।
त्यस्तै शिविरमा ८२ महिलाले पाठेघरको मुखको क्यान्सर भए÷ नभएको स्वास्थ्य जाँच तथा परामर्श सेवा लिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए ।
शिविरमा स्वास्थ्य परीक्षणपश्चात औषधि उपचार निःशुल्क वितरण गरिएको थियो । गोरखदल गणको सहाकार्य, स्वास्थ्य कार्यालय पाल्पा, नेपाल परिवार नियोजन सङ्घ पाल्पाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्