JanataToday.com

Advertisment

SKIP THIS

महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

चितवन । माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ ।

महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना गरिएको थियो ।

महायज्ञका महासचिव एवं संस्कृत गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीका अनुसार महायज्ञबाट रु दुई करोड ६२ लाख बचत भएको छ ।

महायज्ञका क्रममा आउने भक्तालुलाई आयोजकले देवघाटमै बस्ने तथा खाने सबै सुविधा प्रदान गरेकाले महायज्ञको व्यवस्थापनमा रु दुई करोडभन्दा बढी खर्च भएको हो ।

विसं २०५० मा स्थापना भएको गुरुकुलले कक्षा ६ देखि स्नातकोत्तरसम्म विद्यार्थीलाई आवासीय सुविधासहित पढाउँदै आएको छ ।

महायज्ञबाट बचत भएको रकमलाई अक्षयकोषमा राखेर संस्कृत शिक्षाको प्रवद्र्धनका लागि खर्च गरिने आश्रमका अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरीले बताए ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij