बुटवल । साढे तीन वर्षअघि कैलालीको टीकापुरमा आठ जनाको हत्या भएको घटनामा सांसद रेशम चौधरीसहित १२ जनालाई दोषी ठहर भएका छन्।
थारूहटको आन्दोलन चर्किँदा विसं २०७२ भदौमा भएको विरोधप्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर सात प्रहरीलाई मारिदिएको थियो।
सो घटनामा एक बालकको पनि ज्यान गएको थियो। कैलाली जिल्ला अदालतले सोही मुद्दामा थरूहट आन्दोलनका नेता लक्ष्मण थारू र अन्य दुई जनालाई सफाइ दिएको छ।
अदालतले अन्य १५ जनालाई तीन-तीन वर्षको कैद सजाय तोकेको छ। तर उनीहरूले हिरासतमा तीन वर्ष पूरा गरिसकेकाले आजै रिहा गरिने छ।
रेशम चौधरी हाललाई संसद् जान नपाउने :
घटनापछि फरार रहेका रेशम चौधरी विसं २०७४ मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट सहभागी भएर कैलालीबाट सांसद निर्वाचित भएका थिए।
सो घटनामा मुख्य योजनाकार भएको अभियोग खेपेका चौधरीलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखिएको थियो।
कारागारबाटै गएर उनले दुई महिनाअघि सांसद पदको शपथग्रहण गरेका थिए।
यसअघि सर्वोच्च अदालतले रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएपछि तत्कालका लागि उनलाई संसद् प्रवेशको बाटो बन्द भएको थियो।
प्रकाशित मिति : बुधबार, फाल्गुन २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्