JanataToday.com

Advertisment

SKIP THIS

वन्दका कारण यातायात ठप्प, जनजीवन प्रर्भावित

वन्दका कारण यातायात ठप्प, जनजीवन प्रर्भावित

वन्द बेलुका ५ बजे खुल्ने जानकारी

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको एकदिने वन्दको प्रभाव विहीवार विहानैदेखि परेको छ ।

दाङ सहितका यसका आसपाका पहाडी जिल्लामामा विहानैदेखि यातायाता ठप्प छ ।

शिक्षण संस्था, बजार,कल कारखाना पनि वन्द भएका छन् । यद्यपी दाङमा छोटा दुरीका तथा साना सवारी साधान भने आँशिक माात्रामा संचालनमा आएको देखिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले भने पूर्व पश्चिम राजमार्गमा बन्दको प्रभाव न्यून रहेको तथा यातायातका साधनहरु अन्य दिनहरु जस्तै संचालनमा आएको दाबी गरेको छ । लामो दुरीका कुनैपनि गाडिभने संचालनमा नखाएको राप्ती अंचल सार्वजनिक वस व्यवसायी समितिका पदाधिकारीले जानकारी दिएका छन् ।

पक्राउ गरिएका आफ्ना नेताहरुको विना सर्त रिहाइको माग गर्दै नेकपाले विहीवार एक दिनका लागि पुरानो राप्ती अंचलका जिल्लाहरुमा बन्दको घोषणा गरेको छ । वन्दकर्ता कतै नदेखिएको भएपनि शहर बजारका चोकहरुमा प्रहरीको तैनाथी देखिन्छ ।

यसैबीच नेकपाका राप्ती व्युरो इञ्चार्ज सुवासले बुधवार एक विज्ञप्ती प्रकासित गर्दै विहीवार एक दिन राप्ती बन्दको घोषणा गरिएको जानकारी दिएका थिए ।

फागुन २० गते रोल्पा वाट पक्राउ परेका तीन जना नेता र फागुन २१ गते दाङवाट पक्राउ परेका तीन जना नेताको विना सर्त रिहाइको मागपनि उलने विज्ञप्ती मार्फत गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij