कपिलवस्तु घटनाप्रति नेकपाको आपत्ति, प्रहरी दमन नरोकिए कडा सङ्घर्ष गर्ने चेतावनी

कपिलवस्तु घटनाप्रति नेकपाको आपत्ति, प्रहरी दमन नरोकिए कडा सङ्घर्ष गर्ने चेतावनी

“प्रहरीले जबर्जस्त हतियार थमाएर षड्यन्त्रमूलक ढंगले फसाउन खोज्यो”–वीरजंग

कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवगढी घटनाप्रति निन्दा एवं भत्सर्ना गरेको छ ।

नेकपा लुम्बिनी व्युरोका इन्चार्ज वीरजंगले विहीवार एक प्रेस विज्ञप्ती जारी गर्दै कपिलवस्तुको शिवगढी –९ मा गृहप्रशासनले महासचिव कमरेड विप्लव लगायत दर्जनौं स्थानीय जनताको घरमा अनावश्यक खानतलासी गर्दै स्थानीय दुर्गावहादुर रोकालाई गिरफ्तार गरि खुट्टामा गोली हानिएको घटनाप्रति घोर निन्दा एवं भत्सर्ना गरेको हो ।

इन्चार्ज वीरजंगले सर्वसाधारण जनतामाथि जघन्य क्रियाकलाप गरि झुट्टा मुद्दा लगाउने प्रपञ्च नगर्न गृहप्रशासनलाई चेतावनी दिदै स्थानीय दुर्गाबहादुर रोकाको घरमा भेटिएको भनिएको हतियार पार्टीको नभई प्रहरीले रोकालाई जबर्जस्त थमाईदिई षड्यन्त्रमूलक ढंगले फसाउन खोजेको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, “रोकाको घरमा भेटिएको भनिएको उक्त हतियार पार्टीको नभएको जानकारी गराउँदछौं र यो घटना प्रहरीले आफ्नो हतियार जबर्जस्त थमाई षड्यन्त्रमूलक ढंगले फसाउने कुनियतबाट प्रेरित रहेको स्पष्ट गर्न चाहन्छौं ।

हामी गिरफ्तार गरिएका घाइते रोकालाई तत्काल रिहा गर्न अपील गर्दछौं । प्रहरीले सर्वसाधारण जनतामाथि यस्ता जघन्य क्रियाकलाप गरि झुट्टा मुद्दा लगाउने प्रपञ्चको खारेज गर्न चेतावनी दिन चाहन्छौं ।” साथै घाइते रोकालाई तत्काल उपचार र क्षतिपूर्ति सहित गोली हान्ने प्रहरीमाथि तत्काल कारवाही गर्न माग गर्दै वेवास्ता गरिए कडा सङ्घर्ष गर्ने घोषणा भन्दै त्यसबाट उत्पन्न परिणामका जिम्मेवारी स्वयं सरकार हुने बताएको छ ।

नेता वीरजंगद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रहरीले जबर्जस्ती गरेको खानतलासी विरुद्ध प्रतिरोध गर्ने शिवगढी निवासी आदरणीय क्रान्तिकारी जनता र भगवानपुर निमाविका विद्यार्थीलाई धन्यवाद दिएका छन् ।

विज्ञप्तीमा राज्यको यस्तो गैरन्यायिक हर्कत विरुद्ध आवाज उठाउन सम्पूर्ण नागरिक समाज, मानवअधिकारकर्मी, बुद्धिजीवी, पत्रकार एवं कानुन व्यवसायीलाई अपील गर्दै गृहप्रशासनले यस्ता क्रियाकलाप जारी राखे शसक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।

उनले नवलपरासी जिल्ला पार्टी सदस्य गणेश ढकाल, रुपन्देही जिल्ला सदस्यद्धय प्रदेशी यादव र योगेन्द्र यादवलाई समेत अबिलम्ब रिहाई गर्न माग समेत गरेका छन् ।
हेरौँ बिज्ञप्ती

प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij