दाङ । घरमा चोरी गरेको अभियोगमा तुलसीपुर वाट एकजना भारतिय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारतको बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत स्लामापुर छोट्का छोप्कैया वडा नं.७ निवासी २६ बर्षीय किस्मत महतो रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थित जनक शाहीको घरमा कोही नभएको मौका छोपी चोरी गर्दै गरेको अवस्थामा महतोलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
शुक्रवार दिउँसो ढोकामा लगाएको ताला फोडी चोरी गर्ने क्रममा स्थानीयले देखेपछि स्थानीय र प्रहरी मिलेर लखेटेर महतोलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका महतोको साथ बाट प्रहरीले ६८ हजार ६ सय ३० रुपैंया नगद, १ थान छड्के तिलहरी, १ थान मंगलसुत्र, भाँचिएको बाला १ थान,२ थान झालर र २ थान आंैठी बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्