JanataToday.com

Advertisment

SKIP THIS

कपिलवस्तु घटनाको बिरोधमा बिप्लव नेतृत्वको नेकपाद्धारा फागुन ३० गते नेपाल बन्दको आव्हान

कपिलवस्तु घटनाको बिरोधमा बिप्लव नेतृत्वको नेकपाद्धारा फागुन ३० गते नेपाल बन्दको आव्हान

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले कपिलवस्तुको शिवराज ९ मा भएको घटनालाई लिएर यही फागुन ३० गते नेपाल बन्दको आव्हान गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडानम्वर ९ मा प्रहरी प्रशासनले आफनो पार्टीका कार्यकर्ता दुर्गा बहादुर रोकालाई घरबाट पक्रेर लगि पुन सुन्दरडाडामा ल्याई गोली प्रहार गरी घाइते बनाएको, स्थानीय जनतालाई सताएको र पछिल्लो समय देशभर सरकारले बढाएको दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्ता कार्यको बिरोधमा फागुन ३० गते बन्द आब्हान गरेको सो पार्टीले आज बिज्ञप्ति जारी गरी जनाएको छ ।

पार्टी महासचिव बिप्लवद्धारा हस्ताक्षरित बिज्ञप्तिमा हिजोको कपिलवस्तु घटना सहित पार्टी केन्द्रिय सदस्य बन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौ नेता कार्यकर्तालाई प्रहरी प्रशासनले बिना कारण गिरफ्तार गरी अराजनीतिक व्यबहार गरीरहेकाले बन्द आब्हान गरीएको उल्लेख गरीएको छ ।

नेकपाले अहिले सरकारको निर्देशनमा प्रहरीले गाउँगाउँमा संकटकालकै जसरी छापामार्ने, गिरफ्तार गर्ने, यातनादिने झुट्टामुद्दा लगाउने कार्य गरिरहेको उल्लेख गर्दै त्यस्ता कार्य तत्काल रोक्न माग गरीएको छ ।

नेकपाले बिरोधमा फागुन २५ र २६ गते बन्दको प्रचार प्रसार गर्ने, २७ गते कोण सभा गर्ने, २८ गते र्याली गर्ने र २९ गते मसाल जुलुस गर्ने जनाएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij