आज मिति २०७५ फागुन २९ गते बुधवार तदनुसार १३ मार्च २०१९ विरोधकृतनाम संवत्सर रवि उत्तरायण, बसन्तऋतु , फागुनशुक्लपक्ष, तिथिः– सप्तमी ४१ घडी ३१ पला, रात्रि १२ वजेर १६ मिनेटसम्म , नक्षत्र रोहिणी ४७ घडी ४९ पला, रात्रि १ वजेर २६ मिनेट सम्म, योग – विष्कुम्भ , करण – गर आनन्दादीयोग – शुभ , चन्द्रमा – बृष राशिमा, सूर्य– कुम्भ राशिमा , बृहस्पति – बृश्चिक राशिमा, सूर्य उदय विहान ६ वजेर १८ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर १० मिनेटमा
चन्द्रमा – दक्षिणमा छन् ।
योगिनी – वायव्य दिशा ।
कालराहु – नैरित्य दिशामा ।
दिशाशूल– उत्तरमा ।
राहुकाल – दिनको १२ वजेर १३ मिनेट देखि १ वजेर ४२ मिनेट सम्म । अशुभ
यमघण्टा –बिहान ७ वजेर ४६ मिनेट देखि ९ वजेर १५ मिनेट सम्म । अशुभ
अभिजितमुहूर्त – विहान ११ वजेर ५० मिनेट देखि १२ वजेर ३७ मिनेट सम्म । आज अशुभ
शुभवारलेला
लाभ वेला विहान ६ वजेर १७ मिनेट देखि ७ वजेर ४६ मिनेट सम्म ।
अमृत वेला विहान ७ वजेर ४६ मिनेट देखि ९ वजेर १५ मिनेट सम्म ।
काल वेला विहान ९ वजेर १५ मिनेट देखि १० वजेर ४४ मिनेट सम्म ।
शुभ वेला विहान १० वजेर ४४ मिनेट देखि दिनको १२ वजेर १३ मिनेट सम्म ।
रोग वेला दिनको १२ वजेर १३ मिनेट देखि दिनको १ वजेर ४२ मिनेट सम्म ।
उद्वेग वेला दिनको १ वजेर ४२ मिनेट देखि ३ वजेर १२ मिनेट वजे सम्म ।
चर वेला ३ वजेर १२ मिनेट देखि ४ वजेर ४१ मिनेट सम्म ।
लाभ वेला ४ वजेर ४१ मिनेट देखि ६ वजेर १० मिनेट सम्म ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सबैको सहयोगले थप ऊर्जा मिल्न सक्छ । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । सामाजिक हैसियत कायम राख्न जीवन शैलीमा परिवर्तन ल्याउनुपर्नेछ । जिम्मेवार रूपमा व्यवहार गरे स्वतः काम बन्नेछ । आम्दानी हुने व्यवसाय सञ्चालन गर्न पारिवारिक मत मिल्नेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
भविष्यका निम्ति दिगो जग बसाउने कार्य सञ्चालन गर्ने अवसर जुट्न सक्छ । भोज–भतेरमा विशिष्ट व्यक्तिहरू सँग परिचित हुने अवसर जुर्नेछ । असाबधानी पूर्वक गरिएको यात्रामा आर्थिक तथा मानसिक तनावको सामना गर्नुपर्ने हुनसक्छ । मान्यजनको सुझाव पालना गर्दा सकारात्मक बाटो पहिल्याउन सहज हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अर्काको देखासिकी गरी पहुँच र क्षमताले नभ्याउने काममा समय खर्चिंदा पछि परिएला । हठ गर्ने स्वभावका कारण मन पराउनेहरूसँग खटपट उत्पन्न हुनसक्छ । अपेक्षा अनुरूपको सफलता हात पार्न थप मेहनतको आवश्यकता छ । यथार्थलाई आत्मसात् गर्दा आर्थिक क्षतिबाट उम्कन सहज हुनेछ । बुद्धिको सहायताले जटिल परिस्थितिको सामाना गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सामाजिक सञ्जालमा परिचित नयाँ मित्रबाट अपेक्षाभन्दा बढी ज्ञान आर्जन गरी लाभलिन सकिनेछ । प्रतिस्पर्धीहरूले छवि बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पोल्टामा हुनेछ । अध्ययनका निम्ति देखिएको दोधारे प्रवृत्ति स्वतः निष्क्रिय हुनेछ । मनमा उत्पन्न सकारात्मक विचारले नौलो प्राविधिक इलमतर्फ आकर्षित गर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिस्पर्धामा इनाम तथा सम्मानजनक स्थान प्राप्त हुनेछ । रचनात्मक काम गर्नाले जीवनमा उर्जा थपिने छ । सवारी चलाउँदा विशेष ध्यान दिनु होला । आफूभित्रको भय उत्साहमा परिवर्तन भै समाजसेवातर्फ आकर्षित भइनेछ । लामो समयसम्म रोकिएका काम स्वतः फुकुवा हुनेछन् ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
करियरका लागि आत्मीय मित्रहरूसँग सुझाव लिनुपर्नेछ । उत्सव तथा पाटीमा पुराना मित्रहरूसँगको भेटले राम्रै मनोरञ्जन प्रदान गर्नेछ । मेहनतले जीवन शैलीमा परिर्वतन ल्याउनुका साथै आर्थिक अभावको अवस्था स्वतः दूर हुनेछ । टाढिएका आफन्तजनसँग भेटघाट हुनेछ, जसले मन प्रफुल्लित बनाउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
बल जफतले गरेको काम बिग्रनेछ , गल्ती सच्याउने मौका पाए पनि सच्याउने प्रयास गरिने छैन, प्रतिबद्धताले गुमेको प्रतिष्ठा फर्काउन कठीन पर्ला । चासो नभएको विषयमा सरोकार राख्दा दुःख पाइनेछ । रोकिएका कार्यमा दोहोर्याएर प्रयत्न गर्दा सफलता हात पर्नेछ । पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । वहानवाट साबधान हुनु पर्नेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मन मिल्ने साथीको सुझावमा विश्वास गरेर अगाडी बढे पकै पछि नपरिएला । मनका अनेकौ भ्रमलाई चिर्न सकिनेछ । आफ्नो कार्य दक्षताको चौतर्फी प्रशंसा हुनेछ । जरोपत्ता लगाई असहज परिस्थितिको सामना गर्न सकिनेछ । लगनशीलताले विविध अवसर जुटाउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बोलीमा थप प्रभाव पार्न सकिनेछ । आफन्तको लागि खर्चेको समयले फल दिनेछ । विपन्नहरू लाई सहयोगीको भूमिका निर्वाह गरेर आफ्नो परिचय फराकिलो बनाउन सकिनेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । उपहारका साथ भेट्न आउनेसँग सावधानी अपनाउनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खानपान तथा मनोरञ्जनमा संयमित रहनु नै उपयुक्त हुन्छ । मौसम प्रतिकूल हुँदा स्वास्थ्यमा ध्यान दिनुहोला । व्यवसायमा अपेक्षाकृत सफलता हात पार्न केही समय कुर्नुपर्नेछ । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । प्रेमी–प्रेमिकासँगको भेटघाट अविस्मरणीय हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समस्या पहिचान गरेर सहज बन्न कठीन पर्ला । नजीकका आफूले अपेक्षा गरेकाले सहयोग गर्ने छैनन् । नयाँ रोजगारी हात पार्न बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । समयलाई बेवास्ता गर्दा पछि परिनेछ । परिवारका सदस्यहरूबीच मत नमिल्दा सानातिना झन्झट आइलाग्न सक्छन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दिनमा भोज–भतेरमा सहभागी हुन पाइनेछ , सही र सद्उपयोगमा खर्च होला, धार्मिक यात्रा सम्भव छ । इच्छा–आकांक्षा तीव्र गतिमा बढने छ । आशा मारेको व्यवसायले उत्साह जगाउने छ । मन मिल्ने साथीको स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्