नागरिक आन्दोलनका अगुवा डा.देवेन्द्रराज पाण्डेको निधन

नागरिक आन्दोलनका अगुवा डा.देवेन्द्रराज पाण्डेको निधन

काठमाण्डौ , नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा हिजो बेलुका काठमाण्डौको विशाल नगरमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

क्यान्सरका बिरामी पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो । पाण्डेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।

पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनका क्षेत्रका महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ ।

२०४६ सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा २०४७ देखि २०४८ सम्म उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो । त्यही सरकारको पालामा नेपालको संविधान २०४७ बनेको थियो । उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको रुपमा पनि लिइन्छ ।

प्रकाशित मिति : शनिबार, साउन २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij