तुलसीपुरले चलायो विकट वडामा एम्बुलेन्स

तुलसीपुरले चलायो विकट वडामा एम्बुलेन्स

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले विकट वडालाई लक्षित गरेर एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा एम्वुलेन्स सञ्चालन गर्ने योजनामा रहेको उपमहानगरपालिकाले पहिलो चरणमा ३ वटा वडामा एम्वुलेन्स सञ्चालनमा ल्याएको छ ।

वडा नम्वर १, १३ र १९ मा सञ्चालनमा ल्याइने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । उनले उपमहानगरपालिकाका ८ वटा स्वास्थ्य चौकीहरुमा एम्वुलेन्स सेवा सञ्चालनका लागि पहल भइरहेको समेत वताए ।

विकट वडाहरु ४,७, ११,१५,१७ मा पनि एम्वुलेन्स सञ्चालनका लागि पहल भइरहेको डा. दाहालले वताए ।

उपमहानगरपालिकाले सञ्चालन गरेका एम्वुलेन्सहरुमा सुत्केरी महिला र ज्येष्ठ नागरीकहरुलाई ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको स्वास्थ्य महाशाखाका उपसंयोजक वसन्त आचार्यले वताए ।

एम्वुलेन्सहरुको सञ्चालन वडामा रहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिे गर्ने पनि उपसंयोजक आचार्यले वताए । यसैविच मुख्यमन्त्री शंकर पोख्रेलले नगरप्रमुख घनश्याम पाण्डेले वडा नम्वर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीलाई साँचो हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij