बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले मन्त्रीपरिषदले नेकपालाइ प्रतिबन्ध लाउनुभन्दा देशमा भैरहेको आतंकबादी गतिबिधि रोक्न तर्फ लाग्नुपर्ने बताएका छन् ।
देशभर आतंकबादका गतिबिधि श्रृङ्खलाबद्ध रुपमा भैरहेको भन्दै उनले कानुन बिपरित गतिबिधि गर्न कोहि कसैलाइ पनि छुट नभएको प्रष्ट पारे ।
‘मन्त्रीपरिषदले नेकपालाइ प्रतिबन्ध लगाउदैमा मुलुकमा बिप्लवका गतिबिधि रोकिने होइनन्,सरकारले बार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ ’
रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै डा महतले सरकारले देशमा शान्ति सुब्यबस्था कायम गर्नुपर्ने बताए ।
बिप्लव नेकपामाथि प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उनले भने—‘कानुन बिपरित गतिबिधि गर्न कसैलाइ छुट छैन,सरकारले निर्णय गरेर मात्रै बस्ने होइन ।’
सरकारले सहि गति लिन नसकेको भन्दै उनले प्रचारबाजीमा मात्रै समय बिताएको आरोप लगाए ।रेल,पानीजहाजका गफ चुटेर संबृद्धि नआउने भन्दै उनले जनताले अनुभूति हुने गरि काम गर्न सरकारलाइ सुझाए ।
कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका उनले कांग्रेस एक भएपनि संगठनात्मक कमजोरी रहेको उल्लेख गरे । अहिले शशक्त प्रतिपक्षको भूमिका पनि निर्बाह गर्न नसकेको भन्दै गति बढाउनुपर्ने बताए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्