JanataToday.com

Advertisment

SKIP THIS

विभिन्न दुर्घटनामा २ जनाको मृत्यु ४ जना घाइते

विभिन्न दुर्घटनामा २ जनाको मृत्यु ४ जना घाइते

दाङ । दाङमा भएका विभिन्न दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने थप चारजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवामा पश्चिम तर्फ आइरहेको रा ३ प ८४१७ नम्वरको मोटरसाईकलले एकै दिशातर्फ आउँदै गरेको साईकललाई ठक्कर दिदा भएको दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ।

दुर्घटनाका घाइते मोटरसाईकल चालक लमही नगरपालिका वडा नं. ५ निवासी ४४ बर्षीय पिताम्वर गोराथोकीको उपचारका क्रममा लमहीमा राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साइकल चालक लमही ४ निवासी ३० बर्षीय रामअवतार चौधरीको अवस्था भने सामान्ने रहेको जानकारी दिइएको छ ।

उक्त दुर्घटना ९ बजेतिर भएको थियो । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ३ बनगाँउ चोकमा शुक्रवार साँझ ८ बजेतिर पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको रा २ प ६०२६ नम्वरको मोटरसाईले पैदलयात्रीलाई ठक्कर दिदा घाइते भएका लमही ३ बनगाँउ निवासी ६० बर्षीय जयमंगल चौधरीको मृत्यु भएको छ ।

घाइते चौधरीलाई लमहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि रुपन्देही लगिएको थियो। त्यहाँको क्रिमशन अस्पतालमा चौधरीको गएराति पौने १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परि चौधरीकी पत्नि ५० बर्षीया छुनिया चौधरी र मोटरसाईकल चालक लमही ५ कोलही निवासी ३२ बर्षीय राजकुमार चौधरीपनि घाइते भएका छन् । तर उनीहरु उपचार पछि घर आइसकेको प्रहरीले जानकारी दिएको छ ।

मदिराले मातेर बस चलाउँदा दुईजना घाइते
घोराही लमही सडक खण्डमा बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा बसका चालक दाङको धर्ना निवासी ४६ बर्षीय शेरबहादुर केसी, सोही ठाउँकै अर्का चालक पोषण गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङको घोराही–लमही सडक खण्ड अन्तरगत मसोटको मोडमा शुक्रबार राति साढे ११ बजेतिर रा.१ ज. ६७४ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले घाइतेको अवस्था सामान्ने रहेको जानकारी दिए ।

‘मदिराले मातेको तालमा विना उदेश्य बस लगेर हिडेका रहेछन्,’ एसपी पाण्डेले भने ‘ड्रिङ्स ड्राइभकै कारण बस दुर्घटना भएको हो।’ मदिरा सेवन गरि सवारी चलाउने चालकलाई कारवाही गर्ने एसपी पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, चैत्र २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij