बुटवल । पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत कावासोतीको खरकट्टा जङ्गलमा आइतबार बिहान दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको च्यापिएर घटना स्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन ।
मृत्यु हुनेमा दाङ का १८ बर्षिय अनराम रखाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व ले जनाएको छ ।
त्यस्तै दुर्घटनामा दाङकै ३० वर्षका सुदिप राइ र २३ वर्षका विनोद लामा गम्भिर घाइते भएका छन। घाइते दुबैको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
कावासोती नजिकै खरकट्टा जङ्गल मा विग्रीएर रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्