अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा २ वटा सकेट बम भेटिएको छ ।
मालारानीको वडा नम्बर-३ खनदह गुहेली भन्ने ठाउँमा बम भेटिएको हो । २ वटा सकेट बम भेटिएको र नेपालीसेनाको टोलीले सुरक्षित ठाँउमा लगेर पड्काएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
गुफामा शंकास्पद बस्तु रहेको भनेर स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको र सुचनाका आधारमा खोज्दा २ वटा सकेट बम भेटिएको तथा त्यसलाई सुरक्षित स्थानमा लगेर पड्काईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरिक्षक खिमबहादुर घर्ति मगरले जानकारी दिए ।
प्रहरी नायव निरिक्षक घर्तिका अनुसार भेटिएका सकेट बम अहिलेका नभई, द्वन्दकालमै लुकाएर राखिएको पुरानो बम रहेको अनुसन्धानमा पत्ता लागेको हो ।
उक्त सकेट बम द्धन्दकालमा छाडिएको र खियालागेको अबस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
जिल्लाभर कुनै पनि स्थानमा शंकास्पद बस्तु देखीए नेपाल प्रहरीलार्ई खबर गर्न समेत उनले आग्रह गरेका छन । बमलाई नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हो।
प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्